महोदय,
बिना द्रव्य आफ्नो जिम्मेवारी बहन गर्ने यमराज मात्र हुन ! अरु भगवानलाई त प्रसाद चाहिन्छ
भने तपाईं त मानव हो मान्यवर !
म कतिहदसम्म विस्वास गरौं ?!
महोदय,
कहिलेकाही रुन पनि सिक्नुस,
टिलपिलाएका अश्रुले छोडेपछि
तपाईंको दृश्य स्निग्ध र सपाट हुनसक्छ !
महोदय,
तपाईं पानीले नुहाएर लुगा फेर्नुहुन्छ तर
म पसिनाले नुहाएर परिवारको मुहार फेर्छु ,
त्यो पनि दाल , चामल, तरकारी खानेतेल र
पैसा उभ्रार्न सके भनें एक पावा मासुसंगै ।
महोदय,
तपाईं सुकिलो भएर हिडिरहनु हुन्छ किनकि
पेसा नै तपाईंको कमिजको सेतो कलरसंग गासिएको छ ,
अनि सामाजिक हैसियतले बान्की
परेको छ , सुस्ताउन मुर्दारुपी शहरसंग ।
महोदय,
तपाईंका आखाले वषन्त-पुर्णिामाको चन्द्रमामा दाग खोजिरहदा,
म फगत एक्लै शरद-औंसीको चन्द्रमामा बेदाग तस्वीर देख्न तल्लीन हुन्छु ।
२०८० श्रावण ०४ , धरान ।