Sunday, September 3, 2023

(११) ठुलो मान्छे

ऊंटको पौडी पोखरीमा ,
हुर्किरहेको माछाको कपालमा ,
परेको चुम-जूम्राको शिकार गर्नुहोस् ,
बस् , तपाईं ठुलो मान्छे ।
तपाईंलाई लगाइदिएको उन्मादको पगरी ,
खरानीको तेलमा धोएर ,
उन्युको फूलबारीमा ,
घोर्ले स्यालको सिङमा सुकाउनुहोस ,
बस् , तपाई ठुलो मान्छे ।

- २०८० भदौ १७, दरान ।

No comments:

Post a Comment

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...