भावुक मुर्खताको घमण्डले ,
बाध्यात्मक रहरका लहराले ,
विद्वान मुर्खताको विवसताले ,
छर्लङ्ग घामको सितलताले ,
सुसूचित करारनामा ,
जीवन ...
जूनसंगको एक करारनामा ।
मुटु रद्दीको टोकरी नभएकोले ,
मुटुमा राप र ताप नभर्नाले ,
मुटुलाई शोक र पिडाले नपुर्नाले ,
माघे घामको तापको अतृप्तिले ,
भरिपूर्ण करारनामा,
जीवन ...
जूनसंगको एक करारनामा ।
बाटोमा शत्रुले खनेका खाल्डा नभएकाले,
ती त लम्केर हिंडाउने साधन भएकाले ,
हिले-बाटो त सजकताको शिक्षक भएकोले ,
आफ्नो गन्तव्य आफैं निर्धारित हुने हुनाले ,
अविरल यात्रा ,
जीवन ...
जूनसंगको एक करारनामा ।
उडेर संसार जित्ने अभिलाषाले,
सुँग्दै अनेकौं फूलका बास्नाले,
बलिरहेको टुकीछेउ अकस्मात पुग्नाले ,
पुतलीको इहलीला समाप्त हुनाले ,
अदृश्य भविस्य ,
जीवन ...
जूनसंगको एक करारनामा ।
- २०८० पौष २९, दमक ।
No comments:
Post a Comment