आज कार्तिक पूर्णे रैछ, मेला जान्थ्यौं उफ्री-उफ्री ।।२।।
गजुरमुखी धाम घुम्थ्यौं , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।
चारसुरेका सिमल तरुल , उसिनेका सार्है मिठा ।।२।।
सातबिसेका उखु सम्झी , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।
पान्थरेका बदामबट्टा , प्रति कुरुवा आठानीका ।।२।।
पुर्याइ-पुर्याइ खाको सम्झी, जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।
खेल्नुहुन्न भन्दाभन्दै , डाइस खेल्थ्यौँ लुकीलुकी ।।२।।
लक्की सेभेन हार्या सम्झी , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।
पाँच रूप्पे मेला खर्च , कुरुम्बाका सुन्तलामा ।।२।।
सार्है मिठो रस सम्झी , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।
आज कस्तो होला मेला, बाढी पस्या बगरमा ।।२।।
घरबास उठ्या सम्चार सुन्दा , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।
रुन्चे हाँसो हास्नुपर्ने , बिपत्तिको चोटमा समेत ।।२।।
घर बग्या साथी सम्झी , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।
यसपालिको मेला यस्तै , दु:ख-सुख टार्दै भर्दै ।।२।।
छिट्टै उठ्ने बाचा गर्दा , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।
२०८२ कार्तिक १८ , धरान ।
No comments:
Post a Comment