इलामको माटोमा पदार्पण भैसकेपछी इलामेली उपन्यास नपढ्ने कुरै भएन, त्यसमाथि आफ्नो मनपर्ने विधा नै आख्यान ।
महाभाराको हराभरामा रुमलिएको मनलाई सिमसाराले अझ उत्कृष्टतामा पुर्याउने आख्यानीय लेखनशैली आफैंमा एउटा प्रयोग लाग्छ । लक्षणा र व्यञ्जनाले सिञ्चित सिमसारा, हरेक वाक्य र वाक्यांशमा जीवन बोकेर हातपर्यो । शब्दको शब्दकोषमा शाब्दिक भन्दा लाक्षणिक ब्याख्या , हरेक परिघटनाका पूरक छन ।
पश्चिमी इलामको परिवेशमा हामीलाई इलामेली भाषिकाले टक्रक्कै बाल्यकालमा पुर्याउने आख्यानकारको बालबिषेशज्ञपना अदभूत नै छ । कथा सरलतामा तरलता थपेर सलल बगाउनसक्नु उहाँको खुवी हो भन्ने कुरा त महाभाराबाटै प्रमाणित भएको हो, सिमसाराले यसलाई गोल्ड प्लेटेड प्रमाणपत्र प्रदान गरेको छ । समयभन्दा चाडैं जीवनमा परिपक्वता पाउन वाध्य बालक र यसले बालमनोविज्ञानमा पार्ने प्रभाव , सिमसाराको अर्को पाटो जस्तो लाग्छ ।
पात्र चयन र पात्रमा परेको राजनीतिक प्रभाव , प्रभावित राजनीतिबाट समय सापेक्ष पदार्पणमा पनि खप्पिस हुनुपर्छ भन्ने मनोसामाजिक चेतनामा कत्ति पनि नचुक्नु सिमसाराको अर्को पाटो हो ।
अन्त्यतिर देखिएको नारी त्याग , नारी समवेदनशीलता र मातृत्वभावले मन कटक्कै पारेको अनुभुति हुन्छ ।
समग्रमा, घर त्यो हो जहाँ मन बस्छ भन्ने अंतर चेत नै सिमसारा हो ।
-२०८१ आश्विन ३०, धरान ।
No comments:
Post a Comment